काठमाडौं, २८ मंसिर । मेडिएशन नेपाल र नाईस टेलिभिजन एचडीको संयुक्त प्रस्तुति ‘न्यायका लागि मेलमिलाप’ विशेष महत्व बोकेको कार्यक्रम छिट्टै नाईस टेलिभिजनमार्फत प्रशारण हुने भएको छ । मेडिएशन नेपालका अनुसार मेलमिलापसम्बन्धी यो टेलिभिजन कार्यक्रम नेपालको ईतिहाँसमै पहिलोपटक प्रशारण हुन लागेको हो ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा मेडिएशन नेपाल र नाईस टेलिभिजन एचडीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर ‘न्यायका लागि मेलमिलाप’, ‘जनताको अधिकार’ र ‘हे सिटामोल’ नामक कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेको हो ।
त्यस्तै टेलिभिजनले विभेदबिरुद्धको अभियान, नाईस हेल्थ केयर, नाईस कनेक्सन, क्राईम डायरी, गाम बेसीका भाकाहरु, बाल विशेषजस्ता अन्य थुप्रै कार्यक्रमहरुपनि प्रशारण गर्न लागेको जानकारी दिएको छ ।
मेलमिलाप विज्ञ महेन्द्र प्रसाईले जनतालाई न्यायको प्रत्याभुति दिलाउनको लागि यस्ता खाले कार्यक्रमले विशेष टेवा पुर्याउने विश्वास दिलाए । उनका अनुसार अहिले मेडिएसन नेपालले मेलमिलापको लागि काम गरिरहेको जनाए ।
उनले भने,‘न्यायका लागि मेलमिलाप पीडितलाई बास्तविक न्यायको अनुभुति र सन्तुष्टि दिने माध्यम हो । विश्वको न्यायिक क्षेत्रमै योभन्दा राम्रो विकल्प अर्को छैन् ।’
कार्यक्रममा बोल्दै मेडिएसन नेपालका सचिव एवम् ‘न्यायका लागि मेलममिलाप’ कार्यक्रमका प्रस्तोता सन्तोष राना मगरले मेडिएसन नेपालको बारेमा प्रकाश पारेका थिए । उनले भने,‘मेडिएसन नेपाल गैरराजनीतिक र गैरनाफामूलक संस्था हो । मेलमिलापको अभियानमा आस्था राखेको संस्था हो । सरकारले न्याय र मेलमिलाप ऐनबाट जनताका मुद्दाहरुको सम्बोधन गर्नुपर्छ ।’
नाईस टेलिभिजनका निर्देशक आर्शिवाद पुन मगरले मुलुकको तीनै तहका सरकारमा मेलमिलापसम्बन्धी शाखाहरु रहेकोले यो कार्यक्रमले यसम्बन्धी ‘अन द स्पट’ समस्या समाधान गर्ने विश्वास दिलाए ।
त्यस्तै कार्यक्रममा उक्त टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘हे सिटामोल’ का निर्देशक एवम् कलाकार सिपी पुडासैनीले उक्त कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले भने,‘सरकारले जनतासामू सिटामोल नपुर्याएको अवस्था छ । हामीले यो कार्यक्रममार्फत सरकारलाई झकझकाउँछौं ।’
त्यस्तै दिपा आले मगरले ‘जनताको अधिकार’ नामक कार्यक्रम आफूले सञ्चालन गर्ने जानकारी दिईन् । उनका अनुसार उक्त कार्यक्रमले समाजमा वर्षौदेखि पछि परेका र पछि पारिएका समुदाय, वर्ग क्षेत्रको आवाजलाई राज्यसमक्ष पु¥याई अधिकार सम्पन्न गर्नु र सम्भ, समृद्धि र शान्तिमय समाजको विकास गर्नु रहेको छ ।