काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद मिलाउन अन्तिम बैठक जारी छ ।
पार्टीको संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रवाधानमाथि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सहमति जुटाउन असफल भएपछि देउवा र पौडेलबीच सहमति खोज्ने प्रयासस्वरुप बैठक भैरहेको छ ।
पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान संशोधन मस्यौंदा समितिले फरक मतसहित पेश भएको प्रतिवेदनमाथि सहमति जुटाउन मंसिर १३ गतेबाट सघन छलफल भएको थियो ।