काठमाडौं, २८ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्वास्थ्यकर्मीहरुले मन, वचन र कर्मले २४ सै घण्टा जनताको सेवा गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।
काठमाडौं नयाँ बानेश्वरस्थित् कृष्णभोग पार्टी प्यालेसमा आयोजना स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नम्बर–३ को प्रथम अधिवेशनको उद्धघाट्न कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नम्बर–३ का संयोजक एवम् संगठनका केन्द्रिय उपाध्यक्ष अरुणकुमार महतोको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै धमलाले स्वास्थ्यकर्मीहरुको योगदानको उच्च मूल्यांकन हुनुपर्ने धारणा राखे ।
उनले भने,‘स्वास्थ्यकर्मीहरु कुनै पार्टीको हुनु हुँदैन । उनीहरु त देशको हुन्छन् । त्यस्तै पत्रकाहरुपनि देशको नै हुनुपर्छ । स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीहरु देश र जनताको सेवामा अहोरात्र खटिरहेका छन् ।’
उक्त कार्यक्रमको उद्धघोषण वीर अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट सुजित कुमार यादवले गरेका थिए ।