Logo

आइटीफ तेक्वान्दो जिल्ला छनौट प्रतियोगिता सम्पन्न



कौरव खत्रीः गुल्मी १ पौष । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला आईटीएफ संघ बाग्लुङ्गको संयोजनमा आठाँै राष्ट्रिय खेलकुदको लागि आइटीएफ तेक्वान्दो बाग्लुङ्गको जिल्ला छनौट प्रतियोगिता बुर्तिवाङ्गमा सम्पन्न भएको छ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारा सहित शनिवार जिल्ला भरका २ सय,२० जना खेलाडीहरुको सहभागिता रहेको छनौट प्रतियोगितामा पुरुषतर्फ ४५–४९ केजी तौलमा विशाल बुढामगर,५०–५४ केजी तौलमा सागर कुँवर,५५–५९ केजी तौलमा रविन्द्र बुढामगर, र ६०–६४ केजी तौलमा मबिन थापा छनौट भएका छन् ।

यस्तै महिलातर्फ भने ४०–४४ केजी तौलमा सुस्मिता थापा, ४५–४९ केजी तौलमा शर्मिला बुढा,५०–५४ केजी तौलमा अनुश्का बुढा, ५५–५९ केजी तौलमा करिश्मा घर्तिमगर,६५–६९ केजी तौलमा बसनती बुढामगर र ७० केजी भन्दा माथीको तौलमा उमिशा घर्तिमगर छनौट भएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला आइटीएफ तेक्वानदो संघ बाग्लुङ्गका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलाडी भनेका राष्ट्रका गहना भएकोले सधै खेलाडीहरुलाई साथ सहयोग र सम्मान गनुपर्ने भन्दै आफ्नो मर्यादा र अनुशासनमा रहेर प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले प्रदेश र केन्द्रमा समेत उत्कृष्ट खेल प्रर्दशन गरेर जिल्लाको नाम सधै उच्च बनाउने गरि खेलमा अगाडी बढ्न खेलाडीहरु आग्रह गरेका थिए ।

सोही कार्यक्रमका अवसरमा नेपाल आइटीएफ तेक्वानदो संघ गण्डकी प्रदेशका उपाध्यक्ष बसन्ती बुढा,न्यू मोडन एकाडेमीका प्रिन्सिपल दिपक कुँवर, बुर्तिवाङ्ग राइजिङ्ग युवा क्लवका महासचिव गोपाल महत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला आइटीएफ तेक्वानदो संघ बाग्लुङ्गका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता तथा जिल्ला आइटीफ तेक्वानदो संघ बाग्लुङ्गका सचिव प्रतिक घर्तिमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आइटीफ तेक्वान्दो बाग्लुङ्गको जिल्ला छनौट प्रतियोगिता भने बुतिवाङ्गमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्