Logo

बिवादमा फस्यो कांग्रेस महासमिति, बैठक स्थल खाली (फोटो फिचर)



काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठक सुचारु हुन नसकेपछि महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । महासमिति बैठक दुई घण्टाका लागि भनेर विहानै साँढे १० बजे स्थगित गरिएको थियो । तर, बैठक चार घण्टा बितिसक्दा पनि सुचारु हुन सकेको छैन ।

बैठक तोकिएको समयमा सुचारु नभएपछि महासमिति सदस्यहरु यतिवेला नेतृत्वप्रति आक्रोशित बनेका छन् । उप-सभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिएर सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएपछि महासमिति भेलाले हुटिङ गर्दै बिरोध गरेको थियो । तस्विर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्