Logo

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधी अभाव



(हरिश चन्द)डडेल्धुरा २ पुुुुुस । सुदुरपचिमका पहाडी जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा औषधीको अभाव भएको छ । क्षेत्रीय औषधी मेडीकल स्टोर धनगढी वाट औषधी ढुवानी गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लाका सदरमुकाममा रहेका जिल्ला स्वास्थ्यका स्टोर अहिले औषधी विहिन बनेका हुन् ।

साविकका जिल्ला स्वास्थ्य कार्यालयका स्टोरमा अनिवार्य रुपमा औषधी भण्डार हुनुपर्ने भएपनि ढुवानी हुन नसक्दा अत्यावस्यक औषधीको समेत अभाव देखिएको छ । औषधी ढुवानीका लागि आर्थीक अभाव हुँदा आफुहरुले औषधी ढृुवानी गर्न नसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका वरिष्ठ स्वास्थ्य अधिकृत टंक प्रसाद चापागाईले जानकारी गराए । उनले भने ‘सदुरमुकाममै औषधि छैन भने गाउँपालीका , वडास्तरका स्वाथ्य संस्थामा र्औषधि हुने कुरै भएन ।’

जिल्ला सदरमुकाममा रहेका औषधी स्टोर सहित पहाडी जिल्लाका अधिकांस स्थानिय तहका स्वास्थ्य संस्थामा समेत औषधीको अभाव भएको छ ।ढुवानीकोलागि आर्थीक अभावका साथै सम्वन्धीत निकायका बिचमा समन्वयको अभावका कारण सुदुरपश्चिम प्रदेशका स्थानिय तहमा औषधीको अभाव भएको सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले वताए ।

औषधीको अभावहुँदा यस क्षेत्रका विरामी समस्यामा परेका छन् । विज्ञ व्यक्तीका साथै भण्डारको व्यवस्था नहुँदा यहाँका स्थानिय तहले पनि आवश्यकता अनुसार औषधी खरिद नगर्ने गरेको वताइएको छ । अति आवश्यकिय औषधि नहुदा स्थानिय निनकायमा औषधिको अभाव रहेको समेत गाँउँपलीकाको गुनासो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्