Logo

‘नेताहरुले अब कार्यकलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव’



काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिए । अब मुलुकमा समृद्धिको नेतृत्वपनि कांग्रेसले नै गर्ने उनको जिकिर छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’

उनले ८७१ महासमिति सदस्यरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए ।
फरक प्रसँगमा उनले सरकारले संविधानमाथि आक्रमण गरिरहेको आरोप लगाए ।

सरकार गठन भएको ९ महिना बितेको र यो अवधिमा महँगीपनि प्रत्येक महिना दोब्बर भएको उनको आरोप छ । बलात्कारीको हत्यारा संरक्षणमा सरकार आँफै नायकत्व गरिरहेको पनि उनले आक्रोश पोखे ।



प्रतिक्रिया दिनुहोस्