काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाइ अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको सुनाए । नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको उनको गुनासो छ ।