Logo

‘कांग्रेस हिन्दूराष्ट्रको पक्षमा गए कमल थापाकोजस्तै हालत हुन्छ’



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्र कुमालले कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेस लोकतन्त्रको हिमायती हो । कुनै धर्म विशेषलाई पक्ष बनाएर जानुहुँदैन् । हिन्दूराष्ट्र बनाएर गए कमल थापाकोजस्तै हालत हुन्छ ।’

वर्तमान सरकार सबै कुरामा असफल भैसकेको उनको आरोप छ । उनले भने,‘यो सरकार सबै समुदायको विरोधी हो । आदिवासी जनजातीको पनि विरोधी हो । अभिभावकहरुको पनि विरोधी हो । अशक्त तथा विरामीहरुको पनि विरोधी हो ।’

बलात्कारका घट्ना दिनप्रतिदिन बढिरहेको तर सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न बास्तविक अपराधीलाई पक्राउ गर्न नसकेकोमा कुमालले आक्रोश पोखे । उनले भने,‘यो सरकार महिलाहरुको पनि विराधी हो ।’ सरकार संघीयता असफल बनाउनतिर उद्धत रहेको उनले गम्भिर आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्