काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरीले कांग्रेसभित्र अहिले संकटको घडी देखिएको आरोप लगाए । उनले भने,‘केन्द्रिय कार्य समितिले महासमितिलाई बन्धक बनाउन खोजेको छ । यो महासमितिको अपमान हो ।’
कांंग्रेस अहिले कमजोर अवस्थामा रहेको सुनाउँदै उनले भने,‘जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर हुन्छ । अहिले धर्मको नाममा युद्ध हुन लागेको छ ।’
अहिले देखिका तमाम चूनौतिलाई सामना गर्नसक्ने तागद कांग्रेससँगैमात्रै रहेको उनको जिकिर छ । कांग्रेस कमजोर हुँदा अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा हाबी हुने गरेको पनि उनले गम्भिर आरोप लगाए ।
उनले वर्तमान पार्टी नेतृत्व भने वर्तमान समस्याको सामना गर्न असक्षम रहेको जिकिर गरे । उनले भने,‘हाम्रो पार्टी नेतृत्व अनुशासनविहीन भएको छ । हात उठाएर मात्रै एकता हुँदैन् ।’
पार्टीभित्र एकताको विकल्प भनेको महाधिवेशनमात्रै भएको उनको धारणा छ । उनले भने,‘पार्टीलाई प्राईभेट कम्पनी बनाउनुुहुँदैन् ।’