काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको धारणा राखे ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिले हिन्दुराष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको बताए । उनले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे ।
त्यस्तै उनले वर्तमान सरकारले दुई तिहाई बहुमतको अवमुल्यन गरिरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार गैरजिम्मेवार बन्यो । वाहियात वाहियात काममा सरकारले आफूलाई संलग्न गराएको छ । सरकारले त बरु बोर्डर, १९५० को सन्धि, कालापानी र लिपुलेकको समस्या हल गर्नतिर समय दिनुपर्छ ।’