काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य मोहम्मद सिद्दिकीले अब पार्टीभित्रै एक आपसमा लडेर बस्न नहुने धारणा राखे । सबै मिलेर अघि बढे कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेस कमजोर छैन् । हामी मिलेर गयौं भने कम्युनिष्टलाई धुल चटाईदिन्छौं ।’ उनले आफूहरुले धर्मनिरपेक्षताको सम्मान गर्ने बताउँदै तर यसको आडमा कसैले गलत उपयोग गरे सहेर नबस्ने चेतावनी दिए ।
उनले भने,‘हामी फोरम लोकतान्त्रिकबाट कांग्रेसमा ताली बजाउनको लागि मात्रै आएका छैनौं । हामीलाई जिम्मेवारी दिनुपर्छ । भुमिका दिनुपर्छ । फुर्सद भयो भने एक आपसमा विवाद हुन्छ ।’