Logo

विधानमा सहमति खोज्दै कांग्रेस बैठक सुरु, महासमिति सदस्य प्रतिक्षामा



काठमाडौं ३ पुस । विधान मस्यौदामा सहमति जुटाउन कांग्रेस केन्द्रीय समिति बैठक दबस्दैछ । विधानमा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ। सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन। बिहानै केन्द्रीय समिति बैठक बोलाइएको छ । आज सहमति गरेर विधान पेश हुने महामन्त्री प्रकाशशरण ममतले जानकारी दिए ।

यसअघि हप्तौँसम्म चलेको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदाबारे शीर्ष नेताबीच सहमति जुटाउन सकेको थिए। बरु महासमितिमै लगेर त्यसलाई पारित गर्ने सहमति गरिएको थियो।

पार्टीको नयाँ विधानमा पदाधिकारी संख्या बढाउन नेताहरु सहमत भए पनि मनोनित र निर्वाचित गर्नेमा मत बाँडिएको छ। सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने प्रतिशत, समानुपातिक समावेशी सूची मिलाउनेलगायतका विषयमा सोमबार अबेरसम्म सहमति हुन सकेन। ‘पदाधिकारी मनोनित कि निर्वाचित भन्ने विषय अहिलेको किचलो हो। नेताहरुको विवादले महासमिति बैठक एकदिन लम्बिएको छ। मंसिर २८ मा आरम्भ भएर मंगलबार सकिने भनिएको बैठक बुधबारसम्म सम्पन्न हुने भएको छ।



प्रतिक्रिया दिनुहोस्