काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको महासमिति बैठक नेताहरुको आन्तरिक विवादका कारण सुचार हुन सकेको छैन । बैठक बस्न नसकेपछि अधिकांश सदस्यहरु यतिवेला सेल्फी खिच्नमा व्यस्त छ ।
काँग्रेसको केन्द्रीय नेतृत्वले खेलवाड गरेको भन्दै जारी महासमिति बैठक अवरुद्ध पारिएको छ । महाधिवेशन प्रतिनिधिहरुले मंगलबार बिहानैदेखि बैठक अवरुद्ध पारेका छन् ।
विधान संशोधन मस्यौदाको माग उठेपछि नेपाली बस्न सकेको छैन । काठमाडौंको रामशाहपथस्थित एलम्बर पार्टी प्यालेसमा शनिबारदेखि शुरु भएको महासमिति बैठकमा महाधिवेशन प्रतिनिधिहरूले मंगलबार बिहान विधान संशोधनको प्रस्ताव माग गरेर बैठक चल्न नदिएका हुन ।
सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू बैठकस्थलको बन्दसत्रमा प्रवेश गर्ने्बित्तिकै महासमिति सदस्यहरूले विधान संशोधनको प्रस्ताव माग गरेर नारावाजी र हुटिङ गरेका थिए ।