Logo

पूर्वप्रधानमन्त्री गिरीको भोली अन्तेष्टी गरिने- फोटोफिचर



काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको पार्थिव शरीर बुढानिलकण्ठस्थित उनको निवासमा राखिएको छ । श्रद्धाञ्जलीकालागि राखिएको उनको पार्थिव शरीर भोली दिउसो ३ बजे पशुपतिस्थित बिधुत्तिय शवदाह गृहमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको उनको परिवारिक श्रोतले जनाएको छ ।

त्यस्तै,प्रजातान्त्रिक र एकिकृत राप्रपा राष्ट्रवादीले शोक विज्ञप्तिमार्फत मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले गिरीको निधनको समाचारले आफू स्तब्ध र मर्माहत भएको बताएका छन । “निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उनका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा गिरीको दार्शनिक मूल्य मान्यता अनुकरणीय छ”, विज्ञप्ति उल्लेख छ ।

एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएकामा दुःख व्यक्त गरे । गिरीको आज बिहान ९३ वर्षको उमेरमा निधन भएको थियो ।फोटोःमुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्