काठमाडौँ,३ पुस । । पुर्व-सासद तथा नेपाली काँग्रेसका युवा नेता दीपक प्रसाद कुईकेलले जारी महासमिति बैठकमा पेश गरेको प्रस्ताव अध्यन गर्न सबैमा अनुरोध गरेका छन ।
नेपाली काग्रेसको चालु महासमिति बैठक निम्न प्रस्ताव पास गरि सफलता पुर्बक सम्पन होस भन्दै उनले राजनैतिक प्रस्ताव,७ साल देखि ७४ साल सम्म नेपाली काग्रेसको नेतृत्वमा भएको परिवर्तनको अपनत्व लिदै परिवर्तनको रक्षा गर्न सबैमा अनुरोध गरे । जारी प्रस्तावहरु
राजनैतिक प्रस्ताव
७ साल देखि ७४ साल सम्म नेपाली काग्रेसको नेतृत्वमा भएको परिवर्तन को अपनत्व लिदै परिवर्तनको रक्षा गर्ने । ख।संविधान को सफल कार्यवयन गर्ने गराउने । ग।राष्ट्रियता , धर्म , संस्कृति र ब्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने गराउने ।
साँगठनिक प्रस्ताव
क। सगठ्न संचालनमा भएकोे कमि कमजोरीको आत्मसाथ गर्दै कमिकमजोरी नदोहोर्याउने प्रण गर्ने ।केन्द्र देखि टोल समिति सम्म कार्यतालिका सहित कार्ययोजना बनाइ लागु गर्ने गराउने । सबै तहका सदस्यलाई जिम्मेवारी दिने र जिम्मेवारी बनाउने । केन्द्र र प्रदेशहरु मा गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको भुमिका निभाउने र स्थानीय तहमा जनभावना अनुसार काम गर्ने गर्नलगाउने ।
बिधान संसोधन
नेपाली काग्रेसको बिधान मान्ने सबै नेपाली लाई सदस्य दिने ब्यबस्था गने ।केन्द्रीयसमिति देखि टोलसमिति सम्म ६० खुला प्रत्यक्ष र ४० जनसंख्याको आधारमा समानुपातिक समाबेसी प्रतिनिधित्व गराउने । जसमा कम्तीमा ३३महिला र १० ४० बर्ष मुनिका युवा को प्रतिनिधित्व सुनिश्चित गर्ने ।
वडा देखि सासद सम्मको उम्मेद्बारी चयन गर्न सबन्धित तहका सदस्यको मतदान गरि बढी मत ल्याउने तीन जनाको नाम सिफारिस गर्ने र माथिल्लो तह बाट चयन गर्ने ब्यबस्था गर्ने ।
आर्थिक प्रस्ताव
आर्थिक नितिको समीक्षा गर्दै साना र मध्यम उद्योगलाई संरक्षण र प्रबर्द्धन गर्ने निति लिने , शिक्षा र स्वास्थलाई सार्वजनिक निजि साझेदारी आधारमा संचालन गर्ने ।राष्ट्रिय पुजी को बिकास गर्न निजि क्षेत्र लाई प्रोत्साहन गर्ने र वैदेशिक पुजी भित्र्याउने बाताबरण तयार गर्ने र ठुला उद्योग , उर्जा र पुर्वाधार मा लगानी गर्ने ब्यबस्थाको साथै लगानी को सुरक्षा को ग्यारेन्टी गर्ने नीति लिने ।निमुखा लाई न्याय र बिपन्न लाई आय को ब्यबस्था गर्ने ।
पार्टीको आन्तरिक आर्थिक ब्यबस्थापन
सबै सदस्य सग लेबि को सकलन गरि सबै तहमा बाडफाड र पार्दशिता को लागि निमावली बनाएर अनिवार्य लागू गर्ने ।