Logo

अन्तरप्रदेश परिषदले संघीयता कार्यान्वयनको बाँकी कामहरुको कार्ययोजना बनायो



काठमाडौं, ३ पुस । अन्तर प्रदेश परिषदले संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको छ । परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामहरुको कार्ययोजना बनाएको छ ।

परिषदको सोमबार बसेको बैठकले यस्तो कार्ययोजना बनाएको हो । गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो ।

पुस मसान्तभित्र वृत्त आयोग बनाइने र माघभित्र प्रदशेको अधिकार सूची र कार्य जिम्मेवारीअनुसार हन्तान्तरण हुन बाँकी संगठन संरचना हस्तान्तरण हुनेछ ।

माघ मशान्तभित्र रिक्त पदको माग आकृति फारम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने कार्ययोजना पनि बनेको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्