काठमाडौं, ४ पुस । नेपाली गीत संगीतको बजारमा फरक धारका गीत आउने अनि केही गीतले बजार लिने गर्दछन । कतिपय गीतहरु त्यसै सेलाएर जाने गर्दछन भन्दा अन्यथा हुँदैन ।
नेपाली गीत संगीतमा अहीले निकै मेहनेत गर्नु पर्ने देखिन्छ । आफ्नो नाम अगाडी बढाउनको लागि यहि क्रममा एउटा नयाँ गीत ‘सिलाइदेउन कोट’ बजारमा आएको छ । कर्णालीका विकट गाउँहरुलाइ समेटेर यो गीत निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
गीत संगीत एउटा समुद्र हो । जहाँ जो पनि पौडिन सक्छ । मात्र तैरिन सक्नु पर्छ एक दिनमा निकै गीतहरु बजारमा आउदा पनि दर्शक स्रोताहरुको रोजाइ के हो ? त्यो मनजविज्ञान बुझ्न जरुरी हुन्छ जस्तो लाग्छ ।
एमटी महरको मिठो आवाज रहेको गीतमा धनसिं गिरीको शब्द रहेको छ । एमटी महर कै लय रहेको छ । त्यस्तै गीतमा र्याप पनि रहेको जसको पार्टको काम वीरेन्द्र खड्का बेस्टुले भने गीतलाई गोर्खा चौतारी म्युजिकले बजारमा लिएको छ ।
भिडियो निर्माणको क्रममा मौसम हिमालीको निर्देसन, करन चैसिरले गीतका दृश्यहरु आफ्नो क्यामेरामा कैद गरेका हुन । भिडियो सम्पादन प्रविन भट्टले गरेका हुन् । भिडियोमा एमटी महर र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=f73LWvFaiiI&fbclid=IwAR3SK5N393Yp9fu2jsCPQM5Inp565RItohJW3uOq6IF1qlwNq-alBphKvI0