काठमाडौँ,४ पुस । एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स प्रतिस्पर्धा गर्ने भएका छन।आजको खेल विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो इलिमिनेटर खेल्ने मौका पाउनेछ।
लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो। अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटमा अघि रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो। लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो भनेभैरहवाले सुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो।। रासस