Logo

गायक पाण्डव बिष्ट भन्छन्, म बाँच्न चाहन्छु, उपचार गर्ने पैसा छैन्’



कालिकोट, ४ पुस । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का लोकप्रिय लोक तथा देउडा गाएक पाण्डव बिष्टको उपचारको लागि सहयोग अभियान सञ्चान गरिएको छ । ‘ब्याकबोर्न’बाट पीडीत गायक बिष्ट काठमाडौंको केएमसि अस्पतालमा उपचार गरिरहेका छन् । उनको उपचारको लागि सातलाखसम्म रुपैयाँ अस्पतालले जानकारी दिएको छ ।

नेपाल मिडिया प्रालि र सामुदायिक रेडियो मालिका एफएम कालिकोटले ‘पाण्डव विष्ट बचाँउ’ अभियान सन्चालन गरेको छ । रहगाढ रमाईलाद पुल, वचपनको मुले, कोटवाडाको धारी, भैसिलाल कन, मालुपात लगायतका दर्जनौं गीतहरुमा बिष्टले आवाज दिएका छन् । गायक बिष्ट बालकालमै टुहुरा बन्न पुगेका थिए ।

कुनैबेला मुक्तिको लागि जनयुद्ध लढेका बिष्ट आजभोली आफै मृत्यसँग लडिरहेका छन् । देउडा गायिका पवित्रा भण्डारीसँग बिवाह गरेका बिष्टले अनइच्छा प्रकट गर्दा गर्दै सम्बन्ध वारपार भएको थियो ।

उनले भनेका छन्, ‘म बाँचन चाहन्छु, तपाईंहरुको सानो सहयोगले म यस धर्तीमा केही सयम बाँच्न सकेभने गीत संगीतकै विकास र विस्तारमा लाग्नेछु ।’ पाण्डव बिष्ट वचाउ अभियानमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई हातेमालो गर्न सहयोगी मनहरुलाई अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot