Logo

मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता



काठमाडौँ,४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन ।उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थालेको समाचारमा जनाइएको छ । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उनले अब आफ्नो मासिक तलब पाँच हजार ३७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए ।“मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,” लोपेजले पत्रकारहरुसँग भने

उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन ।देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उनले बताए। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्