काठमाडौं, ५ पुष । जलवायु परिवर्तन तथा वातावरणीय समस्या न्यूनिकरणको लागि सरकारी पहलको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । विद्यार्थीहरुको समूहले ‘बाँच्न दे सरकार’ भन्दै प्रदर्शनीमार्गमा प्लेकार्ड, ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
नेपाल विद्यार्थी संघको आरआर क्याम्पस इकाइको आयोजनामा काठमाडौँमा वातावरण प्रदुषणका कारण सास फेर्न पनि मुश्किल भएको भन्दै माक्स लगाएर प्रदर्शन गरेका हुन् । उनीहरुले अनुहार कालो प्लाष्टिकले छोपेर सडकमै सुतेर प्रदर्शन गरेका थिए ।
आफूहरुले सरकारलाई काठमाडौँसहितका शहरको वातावरण मानवका लागि योग्य बनाउन पहल गर्नका लागि झकझक्याउने उद्देश्यले प्रितिकात्मक प्रदर्शन गरेको नेविसंघका आरआर क्याम्पस इकाइ अध्यक्ष सञ्जीव ढकालले बताए ।
तस्विर : मुकुन्द कालिकोटे