Logo

विद्यार्थीहरुका गतिविधि घरमै जानकारी लिन सकिने



कौरव खत्रीः गुल्मी ५ पौष । गुल्मीमा रहेको आर्दश विद्या आश्रम विद्यालयले एक कार्यक्रमका वीच नतिजा प्रकाशन गरेको छ । विद्यालयको बार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्दश विद्या आश्रम विद्यालयका प्रवन्ध निर्देशक राजु कुँवरले आउँदो पौष १५ गते देखि प्रत्येक विद्यार्थीहरुको हरेक गतिविधि र व्यक्क्तिगत विवरणहरु सफ्टवयर मार्फत अभिभावकहरुले आफ्नो घरमै बसेर पनि मोबाइलबाट आफ्नो छोराछारीको जानकारी लिन सकिने गरि सफ्टवयर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

साथै विद्यालयले पछिल्लो समयमा परीक्षा लगायतका शैक्षिक क्षेत्रमा नँया विधिको अवलम्वन गरेको भन्दै निर्देशक कुँवरले स–साना बालवालिकाहरुलाई मध्यनजर गदै बालमैत्री वातावरण सिर्जना गरेर कक्षाकोठा व्यवस्थापन र बालवालिकाहरुको लागि छुट्टै बालमैत्री खेलमैदान र खाजाको व्यवस्था गर्न लागिएको बताए ।

यस्तै उनले भने विद्यालयले विद्यार्थीहरुको चौतर्फी वृद्धि विकास र प्रगतिको लागि उनीहरुको रुचि अनुसार पढाईसँगै खेलकुद लगायत अतिरिक्क्त क्रियाकलापमा विशेष जोड दिएको बताए । साथै कुँवरले भने अभिभावकहरु प्नि बेला बेलामा सरसल्लाह र सुझाव दिएमा विद्यालयको शैक्षिक विकासमा थप बल पुग्ने बताउदै आज आर्दश विद्या आश्रम विद्यालयले कक्षा नर्सरीदेखि यूकेजीसम्मको बार्षिक परीक्षाफल प्रकाशन गरिएको छ ।

साथै सोही अवसरमा बार्षिक परीक्षाफलमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । भने यस्तै विद्यालयको बार्षिक समयअवधिभरमा विभिन्न विधाबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम आर्दश विद्या आश्रम विद्यालयका प्रिन्सिपल भगतसिंह खड्काको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने शिक्षक टिकाराम पन्थीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्