Logo

‘कर्मचारीको मनोवल बढाउनेगरि अध्यादेश सच्याउनुपर्छ’ : अध्यक्ष ढकाल



काठमाडौं, ५ पुष । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले समायोजन अध्यादेशले कर्मचारीको मनोवल गिराउने काम गरेको गुनासो पोखेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कर्मचारीको मनोवल बढाउनेगरि अध्यादेश सच्याउनुपर्छ । सुधार गर्नुपर्छ । र सशंशोधन गर्नुपर्छ ।’ ढकालले अध्यादेशले कर्मचारीलाई टेका लगाउने काम गरेपनि छाहारी हाल्ने काम भने नगरेको गुनासो पोखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘अध्यादेश कार्यान्वयनतर्फ अघि बढिसकेको छ । उनले भने,‘हामी समायोजन प्रक्रियालाई अवलम्बन गर्न तयार छौं । हामी ९९ हजार कर्मचारी समायोजनमा जान आँतुर छौं । तर, आफ्नो भविष्य अन्धकार बनाएर होईन।’ उनले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीको हकमा श्रेणी र तहमा जाने बाध्यात्मक अवस्था किन आयो भनेर पनि प्रश्न गरे ।

ढकालले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीको वृद्धिविकासको ढोका अध्यादेशमा बन्द गरिएकोपनि गुनासो पोखे । उनले भने,‘प्रदेश र स्थानीय तहमा जाने कर्मचारीहरुलाई निश्चित् अवधिपछि संघमा पनि आउने व्यवस्था गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्