Logo

एकचोटी कर्णाली घुमेर आउँ (भिडियोसहित)



काठमाडौं, ०५ पुस । गायक विज्ञान रोकाय र ईरानी सुन्दरी भामको स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ । सुरेश शाहीको संगीत रहेको गीतका शब्द अनिक कुमार बिष्टले लेखेका हुन । एरेन्जर केसव बडुले गरेका छन् ।

सुमन रानाले गीतका अडियो रेकर्ड गरेका हुन भने अडियो मिक्सिङ कुमार रानाले गरेका हुन । कर्णालीका विभिन्न स्थानहरु गीतका शब्दहरु समावेश गरिएको छ । कर्णाली प्रदेशको पर्यटन विकास टेवा पुर्याउने गीतको निर्माण पक्षले अपेक्षा राखेको छ ।

कर्णाली पर्यटनको खानि हो । कर्णालीमा अवस्थित ताल तलैया, एशियाकै अग्लो भनिएको पचाल भर्ना, संसारकै सुन्दर रारा ताल, सुन्दर पाटनहरु, ऐतिहासिक दरबारहरु, कर्णाली नदी, आदी कुराहरु गीतमा समावेश गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot