Logo

म्युजिक बैंक नेपालको प्रस्तुतीमा नयाँ गीत-भिडियोसहित



काठमाडौं, ०६ पुस । म्युजिक बैंक नेपाल प्रा.लिको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । जोगेश्वर बुढा मगरको ‘चोखा माया लाको छैन् र’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको हो । गीतमा जोगेश्वर बुढा मगरलाई तुलसा मगरले स्वरमा साथ दिएकी छन् । धनु मगरको शब्द तथा भुवन सागर मगरको संगीत रहेको छ ।

गीतमा एमबि गुरुङ र शसी पुन देसारको अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपीन’ को निर्देशन तथा भिडियो सम्पादनमा तयार पारिएको गीतका दृश्यहरु रामसिंङ भाटले क्यामेरामा कैद गरेका हुन ।

https://www.youtube.com/watch?v=Ij-udlGAr3M&feature=share&fbclid=IwAR0ySLDUHtHde-XwyQZmr_9R1sY8CiQiOED1tI_P-ABITL3gcqcguVdpo5Q



प्रतिक्रिया दिनुहोस्

Screenshot