Logo

दीपक मनाङ्गे थुनामुक्त भए



काठमाडौं, ६ पुस । दीपक मनाङ्गे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्