Logo

बौद्ध स्तुपामा प्वालैप्वाल



काठमाडौं ७ पुस । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो ।

प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल । स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ ताइवानीलगायतका भिक्षु, सहभागी थिए ।

विदेशी आएर हाम्रो सम्पदा खोप्ने, लामाले सुनाए । स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले ।,-कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्