Logo

‘समृद्धि यात्रा’ डकुमेन्ट्रि (भिडियोसहित)



काठमाडौं, ७ पुस । दीपक समिरको लेखन तथा उद्घोषणमा समृद्धि यात्रा डकुमेन्ट्रि सार्वजनिक गरिएको छ । यस डकुमेन्ट्रिमा संघीय राजधानी काठमाडौंका विभिन्न स्थानलाई मुख्य आधार बनाईएको छ ।

‘समृद्ध नेपाल, सुखि नेपाली’ को नारा जप्दै सरकारले विकास र समृद्धिको गोरटोमा पाईला चालेको बताईरहेको छ । यस महा अभियानमा जुट्न सम्पूर्ण राजनीतिक दल, जनतालाई आग्रह गरिहरेको छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर पाँचका जन प्रतिनिधिहरुका कार्य, भूमिका, विकासका कार्यमा योग्दान लगायतका विषयहरु समावेश गरिएको पाईन्छ ।

पत्रकार नवराज श्रेष्ठले ‘समद्धि यात्रा’ का दृश्यहरु क्यामेरामा कैद गरेका छन् । करिब ७ दशक लामो संघर्ष बलिदानि र मेहनत पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै महसुस हुनेगरिी जनताको जनजिविकालाई सम्बोधन गर्नु वर्तमान सरकारको लागि चुनौतीको विषय हो ।

यस यात्रामा नेपाल सरकारका उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल पोखरेल, नारायण सिलवाल, कामपाका मेयर विद्या सुन्दर शाक्य, राजेन्द्र कुमार श्रेष्ठ र मोहन बहादुर बिष्टसँग गरिएको कुराकानि प्रस्तुत गरिएको छ । वीरेन्द्र भाट विपिन र नवराज श्रेष्ठले समृद्धि यात्राका दृश्यहरुलाई सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot