काठमाडौं, ७ पुष । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवम् सांसद हृदेश त्रिपाठीले स्वतन्त्र राजनीतिक समूहलाई कसरी अघि बढाउने भन्नेबारे गत मंसिर २८ गते काठमाडौंमा आफूहरुले छलफल गरेको सुनाए ।
उनले भने,‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारेपनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारेपनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारेपनि कुरा भएको थियो ।’ त्रिपाठीले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे ।
संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई÷मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने,‘फोरम अहिले सरकारमा छ, तर उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपापनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए ।’
आफूहरु अब यो समुहलाई जनतासँग जोड्ने पक्षमा रहेको पनि उनले विश्वास दिलाए । सँगसँगै नेकपासँगको वार्तापनि सकारात्मक रहेकोले यसलाई तार्किक निश्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे ।