Logo

रमेश बिजिको शब्द-संगीतमा ‘बुबा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, ८ पुस । लोकप्रिय सर्जक रमेश बिजिको शब्द-संगीत रहेको ‘बुबा’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको सुन्धारा स्थित गाउँ घर रोधीमा आयोजना गरिएको गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गायक नारायण रायमाझीले उत्त गीत सार्वजनिक गरेका हुन ।

गायक डोलराज परियारको स्वर रहेको गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । त्यस्तै राजेश घिमिरेले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका हुन भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गीतमा डोलराज परियारसहित उनका बुबा मन बहादुर परियार, आमा कौशिला परियारको अभिनय रहेको छ । गायक परियार लोक दोहोरी प्रतिष्ठान, नेपाल, लाजिम्पाट समितिका सह-सचिव हुन ।

कार्यक्रममा लोकप्रिय गायक राजु परियार, अभिनेता एबम संचारकर्मी सन्तोष खनाल, लोक संचारकर्मी नेपालका सस्थापक अध्यक्ष गोबिन्द गिरी, नायिका सबिना कार्की लगायत कलाकार र पत्रकारहरुको उपस्तिथि रहेको थियो । तस्विर-प्रकाश बराईलीको फेशबुकबाट ।



प्रतिक्रिया दिनुहोस्

Screenshot