Logo

‘क्या रहिछ माया जाल’ टिकापुरमा छायांकन



काठमाडौं, ८ पुस । प्रतिनिधि सभा सदस्य झपट रावलको विशेष सहयोगमा चाँदनी मल्लको देउडा गीत ‘क्या रहिछ माया जाल’ को भिडियो छायांकन गरिएको छ । सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको टिकापुरमा छायांकन गरिएको गीतका सर्जक राजेन्द्र शाह विपिले जानकारी दिएका छन् ।

संगीत संयोजनबिनोद बाजुराली रहेको गीतमा चाँदनी मल्ल र राजेन्द्र बाजुराली स्वर रहेको छ । भिम थापाको निर्देशन तथा हरिष महराले छायाङ्कन गरेका छन् । खप्तड डिजिटल म्युजिक प्रालिको बजार व्यबस्थापन रहेको गीतमा चाँदनी मल्ल र शंकरसिं बिष्टको अभियन देख्न पाईने छ ।

तस्विरः राजेन्द्र शाह विपिको फेशबुकबाट ।



प्रतिक्रिया दिनुहोस्

Screenshot