Logo

गोजुकाइको प्रथम साधारण सभा सम्पन्न, श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन



काठमाडौं, ८ पुष । नेपाल गोजुकाइ कराते डो संघको प्रथम चुनावी साधारणसभा शनिबार धुम्बाराहीमा सम्पन्न भएको छ । अशुराज श्रेष्ठलाई अध्यक्षमा पुनः निरन्तरता दिदै सभाले श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

१८ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये चार उपाध्यक्षमा अच्युतराज उप्रेती, जंगबहादुर हमाल, जनार्दन उप्रेती, र किशोर हेक्का रहेका छन् । इन्द्रबहादुर शाही खड्गेले महासचिव, विमलप्रसाद थपलियाले सचिव र श्यामकृष्ण बाटाले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

जयप्रकाश राई, शान्ति लामा, पेम्बा शेर्पा, सिर्जना दाहाल, मिना तामाङ, सागर केसी, राकेशकुमार राजवंशी, सुशिलराज उप्रेती, बालकुमारी थामी र मनोजकुमार उप्रेती सदस्यमा चयन भए ।

नवनिर्वा्चित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्