काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । बैठकले विधान सर्वसम्मतीले पारित गरेको छ ।
महासमितिमा लगातारको छलफलपछि कांग्रेस पदाधिकारी १४ सदस्यीय हुने जसमा सभापति, उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–८ र कोषाध्यक्ष–१ जना रहेनगरी सहमति जुटेको छ । अब केन्द्रीय समितिको संख्या अब १७१ हुने गरी सहमति जुटेको थियो ।
कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति भएको छ । यो सहमतिसँगै महासमिति बैठकमा बरिष्ठ नेता पौडेलको जित भएको भन्ने तर्कपनि बाहिर आएको छ ।
महासमिति बैठक सम्पन्न भएसँगै अब पौडेलले आफ्नो समूह बलियो बनाएका छन् । यसले सभापति देउवालाई धक्का लागेको छ। तर, समावेशी–समानूपातिक क्लष्टर बढि भयो भन्ने तर्कपनि कांग्रेसभित्र देखिएको छ ।