Logo

‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक



काठमाडौं, १० पु्स । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा नेपाली फिल्म ‘रुमालै छ चिनो’ निर्माण भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ ।

रेशम थापाको चर्चित लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो । रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot