काठमाडौँ,१२ पुस । अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटअन्तर्गत मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछानेले तेस्रो खेलमा पनि दुई विकेट लिन सफल भएका छन।एक ओभर खेल्न बाँकी रहेका सन्दीपले व्यक्तिगत दोस्रो र तेस्रो ओभरमा विकेट लिन सफल भएका हुन ।
सातौँ ओभरबाट बलिङमा आएका सन्दीपले पहिलो ओभरमा चार रन मात्र जोडेका थिए भने नवौँ ओभरको दोस्रो बलमा विकेट लिएका थिए । उनले १२औँ ओभरको छैटौँ बलमा विकेट लिएका हुन्। तीन ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चिएका छन्।
प्रतियोगितामा सन्दीपले ७ विकेट लिईसकेका छन्। उनले पहिलो खेलमा २ र दोस्रो खेलमा तीन विकेट हात पारेका थिए। सिक्सर्सले १३ ओभरमा ६ विकेट गुमाएर ७६ रन बनाएको छ।टस जितेको मेलर्बनले पहिला बलिङ गर्ने निर्णय गरेको हो।