Logo

पाकिस्तानः पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा जान रोक



काठमाडौँ,१२ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उहाँकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । “अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,” उहाँले भन्नुभयो । पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति हुनु भएको थियो । उहाँ प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुनुुहन्छ ।

जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।
उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी ¥यालीमा सहभागी भएका बेला आत्मघाती बम हमलामा परी रावलपिण्डीमा हत्या भएको थियो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्