काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ ।
कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन परिर्माजनसहित पारित भएको छ । आज विहान बसेको बैठकले उक्त राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको हो ।
अध्यक्षद्धयको प्रतिवेदनमा वामदेव गौतम, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे लगायतका नेताहरुले अपुरो रहेको टिप्प्णी गरेका थिए । अध्यक्ष ओलीले अन्य नेताहरुले राखेको धारणा अनुसार पार्टीले सरकार चलाउने नै प्रतिबद्धता जनाएका छन् ।