Logo

सुकुमाया फाउण्डेशनले राउटेलाई न्यानो कपडा प्रदान गर्ने !



काठमाडौं, १३ पुस । सुकुमाया फाउण्डेशनले राउटेहरुलाई न्यानो कपडा विवरतण गर्ने भएको छ ! नायिका एवम् समाजसेवि सुकुमाया मोक्तानको नाममा स्थापना गरिएको फाउण्डेशनले केही दिनभित्र दैलेख र सुर्खेतको सिमानामा बस्दै आएका ४२ राउटे परिवारको लागि न्यानो कपडा वितरण गर्ने भएको हो ।

नायिका मोक्तानले भनिन्,‘हामीले असहजतामा परेका मानिसको लागि साथ दिनको लाथि यो संस्था खोलेका हौं, राउटेहरुको जीवन र चिसो मौसममा उनीहरुको दयनिय अवस्था देखेर मैले यो काम गर्न लागेकी हुँ, २ लाखसम्मको खर्चमा उक्त घोषणा गरिएको समाग्री राउटे बसिरहेको स्थानसम्म पुगाउन सकिन्छ भन्ने छ, स्थानीय सरकारसँग सहकार्य गरेर उहाँहरुलाई न्यानो कपडा प्रदान गर्न खाजेका छौं, केही दिनमै हामीले न्यानो कपटा प्रदान गर्नेछौं ।’

नायिका तथा समाजसेवी सुकुमाया मोक्तानका अनुसार राजधानीमा रहेको वर्गर हाउसले साथ दिनेछ । यस भन्दा पहिले पनि सुकुमाया फाउण्डेशनले समाजमा अफ्ट्योरोमा परको व्यक्ति र समाजलाई सहयोग गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्