Logo

खाडा आग्लागीः काठमाडौमा सङ्कलित राहत कालिकोट पठाईयो



काठमाडौं, १३ पुस। कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर एकको खाडाका अग्नीपीडितको लागि काठमाडौँमा सङ्कलन न्यानो कपडा कालिकोट पठाइएको छ । यूवा व्यवसायी एवम् यूवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाहीको नेतृत्वमा संघीय राजधानी काठमाडौंमा बस्दै आएका यूवा तथा विद्यार्थीहरुले २४ बोरा न्यानो कपडाहरु संकलन गरेका थिए ।

युवाहरुले पुस ९ गतेदेखि राहत सङ्कलन अभियान सुरु गरेको व्यावसायी मेघराज शाहीले जानकारी दिए । उनले भने,‘अग्नी पीडितहरुलाई न्यानो कपडा उपलब्ध गराउनु पर्छ भन्ने हेतुले हामीले पुस ९ र १० गते काठमाडौंको महाबौद्धमा कपडा संकलन गरेका थियौं, पुस ११ गते भृकुटीमण्डपमा रहेको कपडा बजारमा सङ्कलन गरेका थियौं, महाबौद्धमा १२ बोरा र भृकुटीमण्डपमा १२ बोरागरी जम्मा २४ बोरा कपडा संकलन भएको थियो, जसमा केही बोरा जुत्ता पनि छन्, केही बोरा बच्चाहरुको लागि कपडा छन्, भने अन्य बोरा न्यानोका कपडा छन् ।’

उनले अघि थपे,‘गृहमन्त्रालयको सहकार्यमा रातहको सामग्री सशस्त्रको गाडीमा पठाईएको छ, अबको तीनभित्र पीडितसम्म पुग्ने हामीले विश्वास लिएका छौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तिलक प्रसाद उपाध्याय, अनेम संघकी केन्द्रीय सदस्य यशोदा बराल, कपील लगायत साथीलाई जिम्मा दिएर पीडितसम्म पुगेर राहत वितरण गर्ने जिम्मा दिएर पठाएका छौं ।’

राहत सङ्कलन अभियानमा पत्रकार धनराज वास्तविक, एकिन्द्र शाही, मनराज सिमखाडा, वीरेन्द्र बिस्ट, प्रकाश शाही, दिपकराज सञ्ज्याल, हेमराज बराल, कपिल सुबेदी, सुरेश शाही, डा.कर्णबहादुर बम, लक्ष्मण सुबेदी, पञ्चकुमार सुबेदी, टंकप्रसाद सुबेदी, टंक जैसी, दीर्घ सार्की, मेगिन्द्र जैसी, महेश सुवेदी, निश्चित शाही, गोकर्ण जैसी, कपिल भट्ट, पावर केसी, पार्वता जैसी, कुल सञ्ज्याललगायत युवाहरु राहत सामग्री संकलनमा जुटेका थिए ।

पुस ८ गते राति करिब दुईबजे कालिकोटको पलाता गाउँपालिका वडा नम्बर १ खाडागाउँ स्थित न्यौपाने बस्तिमा भएको आगलागीबाट दर्जनौं घरहरु जलेका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्