Logo

सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकहरु नै जागरुक हुनुपर्ने : प्रा. डा. पौडेल



काठमाडौं, १३ पुस । नेपालमा सुर्तीजन्य पदार्थको कारण नसर्ने रोगहरु रोकथाम एउटा गंभिर समस्या रहेको कुरा क्यान्सर रोग विभेषज्ञ प्रा. डा. विष्णु दत्त पौडेलले बताए ।

राजधानीस्थित नेपाल टेलिकम र क्यान्सर काउन्सिल नेपालको आयोजनामा सुर्तीजन्य पदार्थको असर र क्यान्सर तथा मुटु रोगसम्बन्धि अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तर बाटै मानिसहरु जागरुक हुनुपर्ने कुरा डा. पौडेलले बताए ।

सन् २०१७ मा फ्रान्समा दृद इच्छा शक्तिका कारण १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिदै, उहाँले प्रष्ट पारे, जनचेतना मूलक कार्यक्रम मार्फत सुर्तीजन्य पदार्थ रोगथाम गर्न सकेमा नसर्ने रोगहरु रोगथाम गर्न सुकिने कुरा डा. पौडेलले बताए । नेपालमा सुर्तीजन्य पदार्थ कै कारणले गर्दा मुटु, क्यान्सर, दम लगाएत विभिन्न किसिमको रोगले गर्दा मानिसहरुले अकालमा ज्यान गुमाएको र उपचारको लागि लाखौं रुपैयाँ खर्च हुने कुरा बताए ।

प्रा. डा. पौडेल अनुसार सुर्तिजन्य पदार्थ बिरुद्ध ऐन २०६८ प्रभाबकारि कार्यनयनको लागि सरोकार वालाहरु सँगै नागरिक समाजले पनि जागरुकता देखाउनु पर्ने कुरा बताउनु भयो । बिकसित देशमा जनचेतनाका कारणले गर्दा सुर्तिजन्य पदार्थको प्रयोगमा कमि र क्यान्सर तथा नसर्ने रोगहरुबाट मर्नेको संख्यामा पनि कमि आएको कुरा बताउनु भयो ।

कयान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र लाल कडरियाले मानिसहरुमा प्राप्त ज्ञानको जानकारी नहुनु र स्वास्थ्य सेवाको अभावले गर्दा क्यान्सर रोगले मानिसहरु ग्रसित भएपछि मात्र अस्पताल आइपुग्ने कुरा बताए जसले गर्दा उपचार खर्च पनि बढि र उपचारको प्रभाबकारीता पनि कम हुने कुरा कडरियाले प्रष्ट पारे । उहाँका अनुसार क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोगथामको लागि विद्यालय उमेरका युवा युवतीहरु लक्षित गरि देश व्यापी रुपमा जनचेतना मुलक कार्यव्रmम संचालन गर्ने प्रतिबद्धता जनाए ।

नेपाल टेलिकमका प्रबन्धक प्रतिमा वैधले क्यानसर रोग विशेषज्ञ प्रा. डा. विष्णु दत पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोगथामका बारेमा प्रष्ट पारिदिनु भएकोमा प्रशंमसा गर्दै धन्यवाद दिनु भयो । उहाँका अनुसार नेपालमा क्यान्सर रोग रोगथामको लागि नागरिक पनि सचेत हुनु पर्ने कुरा उक्त कार्यक्रम मार्फत जानकारी पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

त्यस्तैगरि नेपाल टेलिकमका संचार प्रबन्धक रिना डंगोलले नेपाल टेलिकम पनि क्यानसर काउन्सिल नेपाल सँग सहकार्य गरि सुर्तिजन्य पदार्थ रोगथामको लागि देश व्यापी रुपमा अभियान संचालन गर्ने कुरा प्रतिबद्धता जनाउन भयो ।

उहाँका अनुसार नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अनुसार विभिन्न किसिमको सामाजिक काम गर्दै आएको कुरा अवगत गराउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot