काठमाडौं, १४ पुस । कालिकोट जिल्ला पलाता गाउँपालिका खाडाका अग्नि पीडितलाई राहत प्रदान गर्ने र घोषणा गर्ने काम भईरहेको छ ।
राहत प्रदान गर्ने क्रममा नेपाली कांग्रेसका नेता एवम सांसद कर्मा घलेले अग्नि पीडितलाई एक लाख सहयोग प्रदान गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटका सभापति हर्ष बहादुर बमलाई सांसद घलले चेक हस्तानन्तरण गरेका हुन ।