Logo

माघे सङ्क्रान्ति मेलाको तयारी



काठमाडौँ,१५ पुस । हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो । समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी अगाडि बढाइएको छ ।

मेला व्यवस्थापनका लागि, सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, ट्राफिक जस्ता विभिन्न उपसमिति गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको आजबाट मर्मत थालिएको छ । समितिका अध्यक्ष पौडेलले माघे सङ्क्रान्तिको आसपासका ३६ घण्टामा पाँच लाख भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।

पुस मसान्तको राति करिब दुई लाख भaक्तजन देवघाटमा बस्ने गर्दछन् । नेपाल र भारतका विभिन्न ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । माघे सङ्क्रान्तिका दिन देवघाटधाममा स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाट त्रिशूली र कालीगण्डकी नदीको पनि सङ्गमस्थल हो । रासस



प्रतिक्रिया दिनुहोस्