हरिश बिष्ट–डडेल्धुरा,१५ पौस । पर्शुराम नगरपालीका कुणागाउँ नजिकै माहाकाली नदीमा भारत सरकारले एकतर्फी रुपमा तटवन्ध निर्माण बनाई रहेको छ । माहाकाली नदीले कटान गर्न थालेकोे भन्दै भारत सरकारले आफ्नो भुमी वचाउनका लागि एकलौटी रुपमा महाकाली नदीमा तटवन्ध निर्माण गरिरहेको हो ।
यो स्थान भारतको उत्तराखण्डमा पर्दछ । भारतले माहाकाली नदीमा वनाएको तटवन्धका कारण वर्षातको समयमा माहाकाली नदीले कटान गर्ने भन्दै पर्शुराम नगरपालीका ६ का कुणा, छेलाका स्थानियवासी त्रसित रहेका वडा नं ६ का अध्यक्ष खगेन्द्र सिहले जानकारि दिए ।
महाकाली नदीमा वनाईरहेको तटवन्धका वारेमा भारतले नेपालका अधिकारीलाई जानकारी सम्म पनि गराएको छैन । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसंग भारत वनाईरहेको तटवन्धका वारेमा जानकारी माग्दा सीमासुरक्षा वल एसएसवीको भवनको सुरक्षाका लागि मात्रै तटवन्ध वनाईरहेकाले यस्ले नेपाल तर्फ भने क्षती नगर्ने वताउन्छन ।
भारतले महाकाली नदीले कटान गरिरहेको स्थानमा तटवन्ध वनाउँदै आईरहेको भएपनि नेपाल सरकारले भने नेपाल तर्फ तटवन्ध नबनाउदा वर्षेनी सयौं हेक्टर जमिन वगरमा परिणत भईरहेको छ । पर्शुराम नगरपालीकाका कुणा,छेला,तातोपानी, भुरकुण्डा, कराली लगायत दर्जनौ गाउँ महकाली नदीको कटानको उच्च जोखिममा रहेका छन् ।नेपाल सरकारले समयमै नेपाल तर्फ पनि तटवन्ध नवनाएमा आफुहरुको उठिवास हुने कुणा गाउँका स्थानिय वासीन्दा दलवहादुर धामी बताउन्छन ।
भारतले महकाली नदीका विभिन्न स्थानमा तटवन्ध निर्माण गर्दै आईरहेको स्थानिय वासीन्दाले वताएका छन् । महाकाली नदीको नेपाल तर्फ कटान गर्दा नेपालको कैयौ हेक्टर जमिन भारत तर्फ गएको छ । नदीजन्य पदार्थको पनि भारतले प्रयोग गर्दै आईरहेको छ । नेपाली पक्षले पनि आफ्नो तर्फ महाकाली नदीमा तटवन्ध निर्माण गरी नेपाली भुमी वचाउनका लागि पहल गर्नु आवश्यक रहेको छ नत्र नेपाली भुमी वगरमा परिणत त हुने नै छ साथै उक्त क्षेत्रका दर्जनौ वस्तीको उठिवास हुने निश्चित देखिन्छ ।