काठमाडौँ,१५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन ।
उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट् पारे । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उनले भने ।
नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गरेका छन।
पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उनले जानकारी गराए । उनले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन सबैमा आग्रह गरेका छन ।रासस