Logo

प्रचण्डले भने : ‘तपस्वी बमजमाथि लागेका आरोपबारे जानकार छु, उहाँप्रति म सकारात्मक छु’



काठमाडौं, १५ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तपस्वी गुरु रामबहादुर बमजनमाथि लागेका आरोपहरुबारे आफू जानकार रहेको स्पष्ट पारेका छन् ।

आइतबार आफ्नै निवासमा आएका बोधि श्रवण धर्म संघका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बमजनप्रति आफू सकारात्मक रहेको पनि सुनाए । प्रचण्डको भनाई उद्धृत गर्दै संघका केन्द्रिय सह–सचिव मैत्रीय केवलले सुनाए,‘गुरुप्रति म सकारात्मक छु।’

प्रचण्डले संघले राखेका मागप्रति पनि आफू सकारात्मक रहेको स्पष्ट पारेका थिए । उनले आफूहरुको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आजै पुर्याउने वचन दिएको संघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले जानकारी दिए । ज्ञापनपत्र भने संघका केन्द्रिय सदस्य भूमिनन्द देवकोटाले वाचन गरेका थिए ।

संघले प्रचण्डलाई बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ :



प्रतिक्रिया दिनुहोस्