Logo

‘मेरी आमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, १५ पुस । संसारका मानिसलाई सबै भन्दा प्रेम पूर्वक लिनुपर्ने नाम केहो भनेर सोध्ने हो भने सायदै मानिस बाहेक सबैले आमा भन्छन् होला । आमा जीवनको जन्मदाता हुन । ठकुरी फिल्मस्ले एक कार्यक्रमको आयोजना गरेर उक्त गीत बजारमा ल्याएको हो । मोडेल सञ्जिव ठकुरीको गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख अतिथि रहेको कार्यक्रममा सांगीतीक क्षेत्रका बिशिष्ठ ब्यक्ती र पत्रकारहरुको उपस्थिीती रहेको थियो ।‘मेरी आमा’ नामक गीतमा राम कुमार नेपाली (आर.के) को स्वर रहेको छ ।

शोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ । उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्