Logo

बाग्लुङ्गको राम्चेढुङ्गामा प्रथम पर्यटन मेला सम्पन्न



कौरव खत्रीः बाग्लुङ्ग १६ पुस । बाग्लुङ्गको मल्म राम्चेढुङ्गामा प्रथम पर्यटन मेलाको सम्पन्न भएको छ । गलकोट नगरपालिका ७ मल्म राम्चेढुङ्गा पर्यटन विकास केन्द्रको आयोजनामा राम्चेढुङ्गा प्रथम मेलाको आइतवार समापनमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले अवको विकास भनेको उत्पादनसँग जोडेर अगाडी बढाउनु पर्ने बताए ।

साथै सांसद बुढाले भने,पूर्वाधार विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै समग्र यस क्षेत्रको कला सँस्कृति खेलकुद पर्यटन र पञ्चेबाजा लगायतको विकासका लागि गुरुयोजना आवश्यक रहेको बताए । साथै उनले राम्चेढुङ्गा,घुम्टे लगायतका क्षेत्रको विकासका लागि सम्भाव्यताहरुको खोजी गरिनु पर्ने भन्दै उहाँले स्थानीय र केन्द्र सरकारलाई जोड्ने र काम गर्नमा प्रदेश सरकारले समन्वयको कार्य गरिरहेको बताए ।

“पर्यटन प्रर्वद्धनको लागि मन बचन र कर्मले पर्यटन मैत्री बनौ” भन्ने मुल नारा सहित गत पौष १३ गतेदेखि शुरु भएको प्रथम पर्यटन मेला हिजो अर्थात आइतवार विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको थिए । मेलामा आर्गनिक रुपमा उत्पादन भएका खानाका प्रकारहरुमध्ये लोकल कुखुरा र खसीको मासु सिस्नो, सिलाम,कालो काफल,पखनबेत,टिमुर,सिलटिमुर,सिरम्ला मकै लगायत पनि मूख्य आर्कषकको रुपमा रहेका थिए ।

२०५१ सालमा स्थापना गरिएको केन्द्रले ओझेलमा परेको राम्चेढुङ्गालाई उचित प्रचार प्रसार गराउदै भिमसेन ढुङ्गादेखि राम्चेढुङ्गा हुदै घुम्टेसम्म पदमार्ग पु¥याउने कला संस्कृति अन्तर्गत नौमति बाजा र सोरठीका विकास गर्ने र आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउदै पर्यटकीय क्षेत्रको विकास गराउदै यसको उद्देश्य अनुरुप मेला आयोजना गरिएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्मका कार्यक्रम संयोजक थम्मन थापा सन्देशले जानकारी दिए ।

केन्द्रले यस क्षेत्रको वृहत पर्यटन सम्वन्धि योजना बनाई पर्यटन विज्ञद्धारा अध्ययन गरि डिपिआर तयार गरि अगाडी बढाउने,प्याराग्लाइडिङ्गको व्यवस्था गर्ने,संस्थाको लागि भवनको माग गर्ने,रेलिङयुक्त पदमार्ग राम्चेढुङ्गासम्म घुम्टेसम्म निर्माण,गुफाचौरमा मन्दिर पानीपोखरी सहितको पार्क निर्माण गर्ने,पिकनिक परिकारमा स साना टहराहरु निर्माण गर्ने र खुल्ला ठाँउमा चाइनिज दुवो लगाउने,टोकरी र झिर्कामा संम्भाव्यता अध्ययन गर्ने लगायतका केन्द्रले आफ्नो अवधारणा सहितको रणनितिक योजनाहरु समेत प्रस्तुत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्