Logo

धिमेबाजाको उपाधि लुनिभालाई



काठमाडौँ,१६ पुस । भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजार नगर पुरस्कारसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot