Logo

रहेनन बलिउड अभिनेता कादर खान



काठमाडौँ,१७ पुष । बलिउड अभिनेता कादर खानको निधन भएको छ । पछिल्लो केहि दिनदेखि क्यानडार्को एक अस्पतालमा उपचार गराई रहेका खानको आज बिहान निधन भएको हो । ८१ वर्षीय खान लामो समयदेखि बिरामी थिए ।

केहि दिन पहिले समाजिक संजालमा खानको मृत्यु भएको अप्रष्ट खवर ‘भाईरल’ बनेको थियो । जसलाई उनका छोराले खण्डन गरेका थिए । तर आज उनको निधन भएको खानका छोरा सरफराज खानले पुष्टि गरेका छन । ‘बुवा हामीलाई छाडेर जानुभयो’, सरफराजले बीबीसीसँग भनेका छन् । क्यानडाको समय अनुसार ३१डिसेम्बर साँझ ६ बजे उनको निधन भयो ।

कादर खान एक दिग्गज कलाकारका साथै डायलग तथा पटकथा लेखक पनि थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिक कपूरसँगै बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट बलिउडमा कदम राखेका खानले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्